News

ओप्पोको नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा सार्वजनिक

ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौमा आयोजित एक समारोहबीच ओपो एफ सेभेन  सार्वजनिक गरिएको हो । आर्टिफिसियल ईन्टेलिजेन्सीसुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नया उत्पादनका रुपमा हुने कम्पनीले जानकारी दिएको छ ।
नव प्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ विश्वास व्यक्त गरेको छ  । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र व्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो ।
यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज प्रविधिसहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी  स्टिकर्सपनि उपलब्ध गरिएको छ । कार्यक्रममा नायिका अदिती बुढाथोकी र पूर्व मिस नेपाल मेलिना जोशी लगायतकोउपस्थिति रहेको थियो ।  

 

Comments