News

बिमस्टेक राष्ट्रहरुसग नेपालको व्यापार घाटा ७ खर्ब ८७ अर्ब पुग्यो

आर्थिक वर्ष २०७४–७५ मा नेपालको ११ खर्ब ६२ अर्बको व्यापार घाटामध्ये ६८ प्रतिशत हिस्सा बिमस्टेक सदस्य राष्ट्रस“ग  देखिएको छ । बिमस्टेक सदस्यहरूस“ग गत वर्ष मात्रै नेपालको व्यापार घाटा ७ खर्ब ८७ अर्ब पुगेको हो ।
  कुल निर्यातमध्ये ५९ प्रतिशत नेपाली वस्तु तथा सामग्री बिमस्टेक राष्ट्रमा गएको छ ।  भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा  भारतसँग नेपालको व्यापारघाटा सबैभन्दा बढी छ । भारतस“गमात्र ७ खर्ब ६४ अर्ब रुपैया“ व्यापार घाटामा रहेको भन्सार विभागले जनाएको छ । थाइल्याण्डसग १३ अर्ब १० करोड,  बंगलादेशसगे ३ अर्ब ७० करोड, म्यानमारस“ग  ४ अर्ब ११ करोड,  भुटानस“ग १ अर्ब ५६ करोड रुपैया  व्यापार घाटा रहेको  भन्सार विभागको   तथ्यांकले देखाएको हो । सन्  २००४ मा सदस्य बनेको नेपालले लगानी र पर्यटन आकर्षणका योजना र व्यापारिक क्षमता बढाउन नसक्दा  बिमस्टेक बाट नेपालले  खासै लाभ लिन नसकेको देखिएको हो ।  बिमस्टेकको १४ प्रमुख प्राथमिकता तथा कार्यक्षेत्रहरूमा आतंकवादविरुद्धको सहकार्य, सामाजिक, सांस्कृतिकसहित व्यापार, लगानी, पर्यटन र ऊर्जा हो । यी क्षेत्रमा नेपालले फाइदा लिन सामूहिक तथा नेपाल सरकारका तर्फबाट छुट्टै रणनीति चाल्नुपर्ने विज्ञहरु बताउछन् ।  प्रशस्तै  लगानीका अवसर  हु“दा हु“दै पनि स्रोतहरुको उपयोग हुन नसक्दा नेपाल  बिमस्टेक सदस्यमध्ये नै उच्च व्यापार घाटा भएको मूलुकको रुपमा देखिदै आएको छ ।  विशेषगरी ऊर्जा पर्यटन, यातायात र कनेक्टिभिटीमार्फत बिमस्टेक राष्ट्रलाई  जोड्न सकेको खण्डमा  नेपालले दीर्घकालीन  फाईदा लिन सक्ने योजना आयोगका पुर्व उपाध्यक्ष  डाक्टर डिल्लीराज खनाल बताउछन् ।
सम्मेलन र आगामी दिनमा बिमस्टेकमार्फत नेपाललाई दक्षिण एसिया र पूर्वी एसियासग जोड्ने र सेवा क्षेत्रबाट फाइदा लिन ध्यान दिनुपर्ने अर्थविदहरु बताउछन् । विशेषगरी ऊर्जा पर्यटन जस्ता क्षेत्रमा लगानी आर्कषित गर्नुका साथै नेपालको आन्तरिक उत्पादनको वृद्धिको लागि प्राबिधिक सहयोग जस्ता क्षेत्रहरुमा ध्यान  केन्द्रित  गरेर बढ्दो  व्यापार घाटा न्यूनीकरण तर्फ  जोड दिन आवश्यक छ ।

 

Comments