News

मध्यमस्तरीय कर दाता कार्यालयको काम कारबाही सुरु

मध्यमस्तरीय कर दाता कार्यालयले आफ्नो काम सुरु गरेको छ ।
साविक ठूला करदाता कार्यालय र विभिन्न क्षेत्रीय कर  कार्यालयको क्षेत्राधिकारभित्र पर्ने करदाताहरुलाई समेटेर मध्यमस्तरीय कार्यालय स्थापना गरिएको हो ।  विभिन्न क्षेत्रअनुसार कारोबारको सीमा तोकेर कार्यालयलाई क्षेत्राधिकार  प्रदान गरिएको छ ।  
कार्यालयालाई  ४० देखि ८० करोड कारोबार हुने करदाता हेर्ने  जिम्मेवारी दिईएको छ ।  तर बैंक, मेडिकल कलेज, निर्माण व्यवसाय गर्ने संस्था, ट्राभलजस्ता सेवामुलक  कम्पनीको हकमा २५ करोडदेखि माथिको कारोबार हेर्ने  जिम्मेवारी दिईएको आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार  कार्यालयको क्षेत्राधिकारभित्र  ८ सय  ३० करदाताहरु पर्ने छन् । यद्यपी सबै करदाताको विवरण फाईनल भईनसकेको कारण  यो सङख्या केहि थपघट हुन सक्ने  छ ।
यस अघि  ४० करोड माथिको कारोबार गर्ने करदातालाई ठुला करदाता कार्यालयले हेर्दै आएको थयो ।   नया“ संरचना अनुसार  ठुला करदाता कार्यालयले अब भने  ८० करोड भन्दा माथि कारोबार गर्ने करदातालाई हेर्ने छ ।  यस अधि ठुला  करदाता कार्यालयले १३०० भन्दा धेरै करदातालाई हेर्दैै आएको थियो । जसकारणले पनि  ठुला करदाता कार्यालयको क्षेत्राधिका ठुलो भएको कारण अपेक्षित कार्यसम्पादन हुन नसकेको  ठहर गर्दै  मध्यमस्तरीय कर कार्यालय स्थापना गरिएको हो । नया“ कर कार्यालयलाई आन्तरिक राजश्व विभागले २० अर्बको राजश्व संकलनको  लक्ष्य समेत दिएको छ ।  साविकको  आन्तरिक राजश्वका क्षेत्रिय कार्यालय भएकै स्थानमा  मध्यमस्तरीय करदाता कार्यालयको  स्थापना गरिएको छ । सरकारले  आगामी आर्थिक वर्षमा कुल ९ खर्ब ४५ अर्ब रुपैया“ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यसको लागि कर संरचनाको सुधारको लागि राजश्व प्रशासनको  संरचनागत परिवर्तन गरेको थियो ।  

 

Comments