News

धितोपत्र सूचीकरण तथा धितोपत्र कारोबार सञ्चालन विनियमावली –२०७५ पारित

नेपाल स्टक एक्सचेञ्जले ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ पारित गरेको छ । विनियमावली पारित भएसँगै सेयर सूचीकृत गर्ने बाटो खुलेको छ ।
विनियमावली पारित भएसँगै बुधबार ९ कम्पनीहरुको सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
पुरानो विनियमावली खारेज भएको र नयाँ पारित हुन नसक्दा  आर्थिक वर्ष सुरुभए देखि नै नेप्सेले सेयर सूचीकरण गरेको थिएन । बुधबार सिद्धार्थ बैंक, हिमालयन बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबी बैंकलगायतका संस्थाको कुल ४ करोड ४१ लाख भन्दा बढी कित्ता सेयर सूचीकरण भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
। एनएमबी बैंकको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ पनि सुचीकृत भएको छ । जसअनुसार हिमालयन बैंकको १ करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ  ।
यसैगरी सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५६४ कित्ता बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता, कावली विकास बैंकको ९ लाख १२ हजार ९ सय १२ कित्ता, मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता, सूर्योदय लघुवित्तको ७६ हजार कित्ता, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ र भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता सेयर बुधबार सूचीकृत भएको नेपाल स्टक एकसचेन्जले जनाएको छ ।

 

Comments