News

काठमान्डौको नक्सालमा टाटा कार मेला शुरु

काठमाणौको नक्साल बैङ्केटमा शुक्रवारवाट टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स कार मेला सिजन ६ सुरु भएको छ ।
कार मेला वार्षिक रुपले आयोजना हुने हुदा ग्राहकहरु यसको पर्खाइमा रहने गरेको कम्पनिले जनाएको  छ । कार मेला सिजन ६ का मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, त्यस्तै टेष्ट ड्राइभ लगायत बिभिन्न सांगीतिक एबं मनोरन्जनात्मक कार्यक्रम का साथै रिफ्रेसमेन्टको समेत व्यवस्था रहेको सिप्रदीले जानकारी दिएको छ ।
१ जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जाना लाई २ वर्षको निःशुल्क सभिसिङ्ग , ३ जना लाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स, १ जना लाई ६ महिना को निःशुल्क इन्धन प्रदान गरिने भनिएको छ । त्यस्तै फेसबुक प्रतियोगिता अन्तर्गत लक्की ड्र मा प्रत्येक दिन मोबाइल दिइने सिप्रदीले जानकारी दिएको छ । प्रत्येक टेष्ट ड्राइभमा एउटा उपहार, लक्की ड्र मार्फत होलिडे प्याकेजमा र भ्यालुयेसनमा २ जनाको लागि फिल्म टिकट र गोला प्रथा मार्फत वासिंग कपुन १ जना लाई वा फुल ट्यांक इन्धन १ जना लाई कम्पनीले दिने छ । तिन दिन सम्म चल्ने मेला दिउँसो ११ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने छ । विशेष गरी कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको यस मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला अवधिभर बुकिंग गर्दा गोला प्रथा मार्फत ग्राहकहरुले विभिन्न उपहार पाउने सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।

 

Comments