News

मेगा बैंकले ल्यायो मासिक १५ हजार रुपैयाँ किस्तामा गाडी पाइने अफर

मेगा बैंकले  मासिक १५ हजार रुपैयाँ किस्तामा गाडी पाइने  अफर ल्याएको छ ।
यसको लागि किस्तावन्दीमा गाडी उपलब्ध गराउने विषयमा बैंक र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ । नारायणी अटो बिजनेशबाट गाडी किन्न चाहने ग्राहकलाई मेगाले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली र नारायणी अटोका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन्  ।
सम्झौता अनुसार, नारायणी अटोबाट कुनै पनि कम्पनीका गाडी लिदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन्  । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन्  ।
प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

 

Comments