News

विश्व बैंकद्वारा नेपालको वित्तिय क्षेत्र सुधारका लागि रु ११ अर्ब ऋण सहयोग स्वीकृत

विश्व बैंकले नेपालको बित्तिय क्षेत्र  सुधारका लागि रु ११ अर्ब  (१०० मिलियन डलर) ऋण सहयोग गरेको छ  ।
विश्व बैंकले सन २०१३ देखि उपलब्ध गराउदै आएको बित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सो सहयोग  उपलब्ध  गराएको हो  ।
यस्तै विश्व बैंकले नेपाललाई दिने सहयोग बढाउने घोषणा गरेको छ । सन् २०१९ देखि ०२३ सम्मको देशीय साझेदारी खाका(कन्ट्रि पार्टनरशीप फ्रेमवर्क) मा दीर्घकालिन लगानी वार्षिक १५ प्रतिशत बढाउने उल्लेख गरिएको छ।  
सार्वजनिक संस्थाको सुधारदेखि रोजगारी सिर्जनासम्मका कार्यक्रममा प्रत्येक वर्ष सहयोग बढाउँदै जाने उल्लेख गरिएको उक्त दस्तावेजलाई अन्तिमरुप दिन अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंकको निमन्त्रणामा  हाल अमेरिकामा रहेका छन्  ।
अमेरिका भ्रमणमा रहेका  अर्थमन्त्री खतिवडाले नेपालले सन्  २०२२ सम्ममा अतिकम विकसित राष्ट्रवाट स्तरोन्नती गर्ने लक्ष्य राखेको भन्दै सहयोग बढाउन नेपालको प्रमुख दातृ निकाय विश्व बैंक लाई आग्रह गरेका थिए ।
दीर्घकालिन लगानी वर्षमा १५ प्रतिशत बढाउने प्रतिबद्धता जनाएको बैंकले ७ प्रतिशतले पू“जिकरण बढ्ने विश्वास लिएको छ।
बैंकले विशेषगरी तीन क्षेत्रमा लगानी गर्ने भएको छ। सार्वजनिक संस्था सुदृढिकरण, निजी क्षेत्रको रोजगारी बृद्धि केन्द्रित र समावेशीताको क्षेत्रमा लगानी गर्ने  विश्व बैंकले जनाएको छ ।
पा“च वर्षको सहयोग पछि ९० प्रतिशत कर संलकन रियल टाइममा आउने, सातै प्रदेशमा लैगिंक समानता  योजना हुने, २५ जिल्लामा विद्युतीय पञ्जिकरण सुविधा पुग्ने बताइएको छ।
यस्तै सहयोगबाट रोजगार केन्द्रित कार्यक्रमको प्रतिफलमा ५ लाखले सुधारिएको उर्जा पाउने, १ हजार २१० किलोमिटर सडक निर्माण÷स्तरोन्नती हुने, ११ हजार साना तथा मझौला व्यवसायी, ५ सय कृषि उत्पादक समूह, ६ लाख जनता वित्तीय पहु“चमा हुने र ५ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिने अपेक्षा  गरिएको छ ।

 

Comments