News

असल श्रम सम्बन्ध विकास गर्ने गरी श्रम ऐन आएको भन्दै नेपाल उद्योग परिसंघले ग¥यो स्वागत


नेपाल उद्योग परिसंघले असल श्रम सम्बन्ध विकास गर्ने गरी श्रम ऐन आएको भन्दै स्वागत गरेको छ । सोमबार परिसंघले राजधानीमा एक कार्यक्रमको आयोजना गरि श्रम ऐन २०७४ ले रोजगारदाता एवं श्रमिकबीच राम्रो सम्बन्ध स्थापित गर्ने विश्वास व्यक्त गरेको हो । कार्यक्रममा कार्यपत्र प्रस्तुत् गर्दै वरिष्ठ अधिवक्ता पवन ओझाले श्रम ऐनमा राखिएको श्रमशोषणका सबै व्यवस्थालाई अन्त्य गर्ने,उत्पादकत्व वृद्धि गर्ने लगायतका प्रस्तावनाले श्रम सम्बन्ध बलियो बनाउने बताए । त्यस्तै,सोहि कार्यक्रममा वरिष्ठ अधिवक्ता ओझाले पारिश्रमिक सम्बन्धी व्यवस्थामा भने खासै परिवर्तन नगरिएको बताए । 
श्रम ऐनमा प्रत्येक रोजगारदाताले आंशिक काम गर्नेका लागि पनि सञ्चयकोष, उपदान वा सामाजिक सुरक्षासम्बन्धी सुविधामा योगदान गर्नुपर्ने लगायतका व्यवस्था गरिएको परिसंघले जनाएको छ । साथै, १४ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाउने प्रावधान पनि उक्त ऐनमा राखिएको  परिसंघले जनाएको हो ।

 

 

Comments