News

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले युरोग्रिप टायर ल्यायो

नेपाल टायर बजारलाई लक्षित गरी हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले युरोग्रिप टायर ल्याएको छ । हंसराज हुलासचन्द बजाज दुई पांग्रे तथा तीन पांग्रे सवारीको लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ ।
टायरको सम्पूर्ण रेन्जको साथ, युरोग्रिप टायर बजाजको दुई पांग्रे तथा तीन पांग्रेसवारीको ओरिजिनल फिटमेन्टको लागि सबैभन्दा ठूलो सप्लायर पनि रहेको छ । एक्ट्रा डिउरेबल टायर भनिएको युरोग्रिप टायरले लामो अवधिसम्म चल्नुको साथै आरामदायक सवारीको बाचा पनि गर्ने कम्पनीले जनाएको छ ।
युरोग्रिप टायरको उत्पादनमा प्रयोग गरिएको प्रविधि र डिजाइनले यसलाई नेपाली भुगोल सुहाउदो बनाएको छ ।  कम्पनीले बर्षायाममा हुने हिलोलाई मध्य नजर राख्दै सुरक्षित र भरपर्दो टायर ल्याएको जनाएको छ ।

 

Comments