News

बजाज डोमिनारका धनीहरुलाई डोमिनार मोटोग्राफीमा सहभागी हुने अवसर

बजाज डोमिनारका धनीहरुलाई डोमिनार मोटोग्राफीमा सहभागी हुने अवसर पाएका छन् । बजाज मोटरसाइकल बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले उक्त अवसरको सृजना गरेको हो । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनीहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ । एचएच बजाजले डोमिनार ४०० का  ११ जनालाई शाहसी चालकहरु छनोट गरेर यात्राको आनन्द लिन र अनुभब हाासिल गर्ने अवसर प्रदान गरेको जनाएको छ ।
हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउदा खुशी लागेको जानकारी दिएका छन् । उनले डोमिनार बाइकका चालकहरु सधैं कौतुहलता र साहसिक यात्रासँग जोडिइ रहने समेत  बताएका छन् । चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुन: त्यहि रुट हुदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
 

 

Comments