News

नयाँ सरकारको गठनपछि उर्जा क्षेत्रको लगानीमा उल्लेख्य वृद्धि

नयाँ सरकारको गठन पछि  उर्जा क्षेत्रमा विदेशी लगानी उल्लेख्य रुपमा बढ्दै गएको छ । नयाँ सरकार निर्माण तथा राजनितिक स्थायित्वसँगै  उर्जा क्षेत्रमा  वैदेशिक लगानी भित्रिन लागेको हो । उद्योग विभागका अनुसार रसुवाको पार्वतीकुण्ड गाउापालिकामा निर्माण हुने जलविद्युत आयोजनामा चिनिया कम्पनीले रु १४ अर्ब लगानी  गर्न लागेको हो ।
नेपाली प्रवद्र्धकसमेत सहकार्यमा चिनिया कम्पनीले लगानी भित्राउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङ पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत आयोजनाभन्दा करीब ५०० मिटरमाथि विद्युतगृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो ।

सो आयोजनामा नेपाली लगानीकर्ताको आठ प्रतिशत र चिनिया लगानीकर्ता चाइना हार्वर इन्जिनियरिङको ९२ प्रतिशत लगानी रहने छ । कूल रु १५ अर्ब २२ करोड ७० लाख लगानी रहने सो आयोजनाको प्रवद्र्धक  सालासुङ्गी पावरले अध्ययनको सबै काम सम्पन्न गरेको छ ।

यसअघि चिनियाा कम्पनी चोङ्जिङ वाटर टर्बाइन वक्र्स समूहले पिपल्स इनर्जी लिमिटेडमा रु नौ अर्ब लगानी भित्राएको थियो  । आयोजनाले दिएको जानकारीअनुसार दोलखा र रामेछापको सिमानामा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको सो परियोजनाको निर्माण शुरु भएको जनाएको छ ।
चालू आर्थिक वर्षको हालसम्म रु एक खर्ब ५० अर्ब ७९ करोडबराबरको लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ । सो प्रतिबद्धताअनुसार लगानी भित्रिए एक हजार ६०८ जनाले रोजगारीको अवसर पाउने विभागले जनाएको छ ।

 

Comments