News

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युम्न पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंकको  प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रद्युम्न पोखरेलले  कार्यभार सम्हालेका छन् । यसअघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई संचालक समितिको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत चुनिएका हुन् ।  पोखरेललाई बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत  भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार सम्हालेका हुन् । पोखरेलले विगत २८ वर्ष  देखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका छन् । वाणिज्य शास्त्रमा स्नातकोत्तर  पोखरेलले १९ वर्ष सम्म नबिल बैंकबाट विभिन्न विभाग रहि काम गर्दै आएका थिए ।  त्यसपछि उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि मुक्तिनाथ बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।
बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पतालको सरसफाईको लागि १ लाख रुपैयाा आर्थिक सहयोग समेत गरेको छ ।उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेसन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेको हो ।

 

Comments