News

नेपाल ईन्भेष्टमेन्ट बैंकको एकैपटक चारवटा शाखा थपिए

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एकै पटक देशका विभिन्न्न भागमा शाखा विस्तार  गरेको छ । बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ ।
दोलखाको बिगू गाउपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउापालिकास्थित राके, नुवाकोटको सूर्यगढी गाउपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउपालिका धोवीबजारस्थित लिखूमा शाखा विस्तार गरेको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गरेको  हो ।  बैंकले शाखा विस्तारको अभियानलाई निरन्तरता दिने समेत जनाएको छ ।, हाल बैंकको प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ ।
साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।हाल बैंकको चुक्ता पूजी रु १०.६४ अर्ब रुपैया रहेको  छ । यस बैंकको चैत्र मसान्तको वित्तिय विवरण अनुसार निक्षेप रु १ सय ३० अर्ब रुपैया तथा कूल कर्जा लगानी रु १ सय १८ अर्ब रुपैयाा रहेको बैंकले जनाएको छ  ।
उनले  त्यसका माध्यमबाट देशका विभिन्न स्थानमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने   जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले वर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकको आवश्यकतालाई मध्यनजर गरी बैंकले गरिमा रेमिट शुरु गरेको जानकारी दिए ।
बैंकको हाल राजधानीमा पाच शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटिएम सञ्चालनमा छन ।
बैंकको चुक्ता पूजी रु दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको  छ । बैंकले गत वैशाख मसान्तसम्म रु १८ अर्ब ९० करोड निक्षेप संकलन गरी रु १७ अर्ब ५० करोड लगानी गरेको छ । उक्त अवधिमा बैंकले रु ४४ करोड सञ्चालन मुनाफामा आर्जन गरेको जनाएको छ ।

 

Comments