News

ग्लोबल आइएमई बैंकको एकैदिन ७ शाखा विस्तार

ग्लोबल आइएमई बैंकले एकै दिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
बैंकले  देशका विभिन्न भागमा नयाँ शाखा कार्यलयहरुको विस्तार गरि सञ्चालनमा ल्याएको हो । बैंकले धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं ७, तारापट्टि, बाराको फेटा नगरपालिका वडा नं ७, फेटा बजार, रौतहटको फतुवाबिजयपुर नगरपालिका वडा नं ८, बिजयपुर, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ५, पातो, डडेल्धुराको अजयमेरु गााउपालिका वडा नं ३,भद्रपुर, डोटीको पूर्वीचौकी गााउपालिका वडा नं ४, साना गाउ र बैतडीको दोगडाकेदार गााउपालिका वडा नं ३, खोचलेक सहित ७ वटा नया शाखाहरु संचालनमा ल्याएको हो ।
योसगै बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै बैंकले २०७५ बैशाख ३१ गते सोमबार देखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । यो सगै बैंकको एटिएम संख्या १३१ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुच पुर्‍याउने उद्देश्यले ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखा रहित बैकिङ सेवा माफर्त ८ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

 

Comments