News

बोटलर्स नेपाल बालाजुको नाफा ९ महिनामा १२९ प्रतिशतले बढ्यो

बोटलर्स नेपाल बालाजुले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको यहि अवधिको तुलनामा १२९ प्रतिशतले नाफा बढाएको छ । बोटलर्स नेपालले चैतसम्ममा ४० करोड ७२ लाख रुपैया नाफा  गरेका हो । बोटलर्स नेपाल तराइले गत वर्षको समान  अवधिको तुलनामा २८ प्रतिशतले बढाएको छ। यो गत वर्षमा १७ करोड ७२ लाख रुपैयाँ  मात्रै थियो । त्यस्तै तराइले चैतसम्ममा ३२ करोड ३० लाख रुपैयाँ  नाफा गरेको छ। बोटलर्स तराइले गत वर्ष २५ करोड २२ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले चैतसम्ममा ५ अर्ब ८६ करोड रुपैयाँ  आम्दानी गरेको छ । गत वर्ष ५ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै तराइले चैतसम्ममा तीन अर्ब ६५ करोड रुपैयाा आम्दानी गरेको छ जुन गत वर्षमा २ अर्ब ८८ करोड रुपैयाँ  थियो।
नेपालीले ९ महिनामा कोकाकोलामा मात्रै ९ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन् ।  बोटलर्स नेपाल बालाजुको चुक्ता पूजी १९ करोड ४८ लाख रुपैयाँ  रहेको छ भने बोटलर्स नेपाल तराइको १२ करोड १० लाख रुपैयाँ रहेको छ। बालाजु तर्फको जगेडा कोषमा २ अर्ब ४५ करोड रुपैयाँ छ भने तराइको एक अर्ब ३७ करोड रुपैया रहेको छ। बालाजुको प्रतिशेयर आम्दानी २५८ रुपैया छ भने तराइको ३५६ रुपैयाँ  छ।

 

Comments