News

हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न हिमालयन मार्ट आयोजना हुदैँ

नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रुपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ ।
हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर  गर्नको लागि  उक्त मार्टको आयोजना गर्न लागिएको हो  । विश्व बजारमा प्रवद्र्धनार्थ आगामी जेठ १८ देखि २० सम्म काठमाडौँमा उक्त  मार्ट हुन लागेको हो । मार्टमा विभिन्न २८ मुलुकका ५६ वटा बायर्सको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय सहभागिता १५० रहने र नेपालका व्यवसायीको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
पहिलो पटक गतवर्ष आयोजना गरिएको मार्टमा ६० भन्दा बढी बिदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता थियो ।
मार्टबारे जानकारी दिदैँ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई हिमालय क्षेत्रको मुख्य प्रवेश मार्गका रुपमा स्थापित गराउन  मार्टको आयोजना गर्न लागेको जानकारी दिए  । अन्तरदेशीय व्यावसायिक जमघटले व्यवसाय प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्न मदत पुग्ने बताए । उनले पर्यटकको संख्या बढाउन तथा गन्तव्यको छविलाई सकारात्मक योगदान दिन मार्टले महत्वपूर्ण भूमिका खेल्ने सिईओ जोशीले विश्वास व्यक्त गरे ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले आगामी सन्  २०३० सम्ममा ५० लाख पर्यटक पुर्‍याउने योजनालाई सार्थक तुल्याउन आगामी रणनीति तय गर्न पनि मार्ट सहयोगी सिद्ध हुने उल्लेख गरेका छन् । उक्त मार्टका लागि करीब रु सात करोड खर्च हुने बताइएको छ । यसमा ४० प्रतिशत निजी क्षेत्रको साझेदारिता रहेको छ ।

Comments