News

कर्मकाण्डी नभई उत्पादनलाई प्रोत्साहन दिने खालको बजेट ल्याउन विज्ञहरुको सुझाव

आगामी बजेट कर्मकाण्डी नभई उत्पादनलाई प्रोत्साहन  दिने खालको हुनु  पर्नेमा विज्ञहरुले  जोड दिएका छन् । नेपाल आर्थिक संघले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले सो कुरा बताएका हुन् ।   कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर  गोल्छाले बजेटले निजि क्षेत्रको लगानीलाई आकर्षित गर्नु पर्ने धारणा व्यक्त गरे । उनले आगामी बजेटले  आयातलाई निरुत्साहित  गर्दै निर्यात प्रवद्धर्न तथा व्यापार घाटा न्युनीकरणमा विशेष जोड दिनु पर्ने बताए ।  उनले औद्योगिक क्षेत्रको विकासलाई बजेटले  विशेष ध्यान दिन आवश्यक रहेको औल्याएका छन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका  सहसचिव रामशरण पुडाशैनीले बजेटले  संघीय अर्थनितिलाई विशेष ध्यान बताएका   छन् ।  पुडाशैनीले लगानीको वातावरण निर्माणलाई ध्यान दिने  गरि  आगामी बजेट निर्माणको तयारीमा जुटेको बताएका छन्  । उनले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई  व्यवहारिक रुपमा कार्यन्वयन गर्ने खालको बजेट आउने  प्रतिवद्धता समेत व्यक्त गरेका छन् । बजेटले अर्थतन्त्रका विसंगतीको पहिचान, आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड तथा  पुर्वाधारण निर्माण र रोजगारी सृजना जस्ता विषयलाई  सम्बोधन गर्न आवश्यक रहेको बताईएको थियो ।

 

Comments