News

चिनियाँ बहुराष्ट्रिय ई– कमर्श कम्पनी अलिबाबाको नेपालमा सेवा विस्तार

चर्चित चिनियाँ बहुराष्ट्रिय ई– कमर्श  कम्पनी अलिबाबाले नेपालमा  विस्तार  गरेको छ ।
अलिबाबाले रकेट इन्टरनेटले सञ्चालन गरेको  विद्युतीय व्यापार कम्पनी दराजको सबै सेयर किन्ने सम्झौता गरेको हो । सम्झौतापछि दक्षिण एसियाको ४६ करोड मानिसहरु लाभान्वित हुने रकेटले जनाएको छ ।
यस सँगै अलिबाबाले  दराज मार्फत नेपालसहित दक्षिण एसियाली देशहरुमा सेवा दिन लागेको हो ।
सन २०१२ मा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ । यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा यी देशहरुमा आफ्नो सेवा विस्तार गर्नेछ ।

 

Comments