News

लक्ष्मी इन्टरनेशनल प्रा.लिले ल्यायो रोड टु रसिया योजना

हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले आफ्नो नया योजना ‘रोड टु रसिया’ को घोषणा गरेको छ ।
विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्ड कपलाई लक्षित गरेर हुण्डाईले आफ्ना  हुण्डाई ओनरहरुको लागि यो योजना सुरु गरको हो । समस्त हुण्डाई कार भएकाहरुले हुण्डाई  नेपालको आधिकारिक वेभसाइटमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्नेछन्  ।
यस योजना अन्तगर्त दुई जना भाग्यशाली हुण्डाई ओनरले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट जित्ने मौका हात पार्नेछन्  । यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि सुरु भएर असार १ गते समाप्त हुनेछ ।
अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई  हुण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गर्नेछ । विजेतालाई सम्पूर्ण खर्च व्यहोरिएको विशेष भ्रमण प्याकेजको साथ जीवनमै एक पटक अनुभव गर्नसकिने विशिष्ट अनुभूति हासिल गर्ने कम्पनीको दाबी छ  ।
हुण्डाईले फिफासँगको आफ्नो आवद्धता सन १९९९ देखि सुरु गरेको थियो र सन २०२२ सम्म पनि हुण्डाईको फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक हुनेछ ।

 

Comments