News

उत्पादनमा आधारित अर्थतन्त्रलाई विकास गर्ने खालको बजेट ल्याउन सरोकारवालाहरुको सुझाव

आगामी बजेटले आयातलाई निरुत्साहित गर्दै उत्पादनमूलक अर्थतन्त्रलाई सम्बोधन गर्नु पर्ने सरोकारवालाहरुले  बताएका छन् ।
नेपाल उद्योग वाण्ज्यि  महासंघले आयोजना गरेको  अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सरोकारवालहरुले  आगामी बजेटले  कर्मकाण्डी नभई स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने खालको हुनु पर्ने बताएका हुन् । कार्यक्रममा  बोल्दै नेपाल उद्योग वाणिज्य  महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बजेटले ३० वर्ष पछि स्थीर  सरकार बनेको  भन्दै अबको बजेटले उत्पादनको क्षेत्रलाई   विशेष सम्बोधन  गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले  ५० औँ लाख  युवाहरु विदेशिएको विकराल स्थितीको अन्त्य गर्न आगामी बजेटले रोजगारी सृजना, उत्पादकत्वमा वृद्धि, निर्यात प्रवद्धर्न जस्ता विषयलाई विशेष प्राथमिकता दिनु पर्ने औल्याएका छन् ।
कार्यक्रममा बोल्दै राजश्व सचिव शिशिर ढुंगानाले बजेटले नयाँ गन्तव्य, नया दृष्टिकोण र नयाँ लक्ष्यका साथ बजेट आउने स्पष्ट पारेका छन् । उनले अर्थतन्त्रलाई दिगो बनाउने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्दै  लैजाने खालको बजेट आउने बताएका छन् ।  सचिव ढुंगानाले आयातलाई निरुत्साहित गर्दै  निर्यातलाई प्रवद्र्धन गर्ने खालको बजेट ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।  नयाँ बजेटमा कृषि, पर्यटन,  उर्जा  जस्ता क्षेत्रमा लगानी केन्द्रित गर्ने, रोजगारी सृजनाका नयाँ कार्यक्रमहरु ल्याउने जानकारी दिएका छन् । कार्यक्रममा  विभिन्न उद्योग व्यवसायीले बजेटले रोजगारी  प्रवद्धर्न, उत्पादन वृद्धि जस्ता विषयहरु समेट्न सुझाव दिएका थिए ।

 

Comments