News

नेपाल एयरलाइन्सको पहिलो वाइडबडी जहाज असार १५ भित्र काठमाडौं आउने

नेपाल एयरलाइन्सले अर्डर गरेको एयरबस ३३०–२०० वाइडबडी जहाज  आगामी असार १५ भित्र काठमाडौँ आउने भएको छ ।
फ्रान्समा रहेको एयरबसको फ्याक्ट्रीमा एसेम्बल सकिएको  र जुन २७ मा काठमाडौं आइपुग्ने  नेपाल  वायुसेवा निगमले जनाएको छ । रोल्सरोयस ट्रेन्ट ७०० इन्जिन जडान हुने जहाजमा २७४ सिट हुनेछन्  । २५६ इकनोमी क्लास हुने जहाजमा १८ बिजनेस क्लास रहने वायु सेवा निगमले जनाएको छ ।
२०७३ चैतमा एयरलाइन्सले अमेरिकी कम्पनी एएआर कर्पोरेशनसाग खरिद सम्झौता गरेको थियो। ०७३ कात्तिकमा विमान किन्न प्रकाशित गरेको विश्वव्यापी टेन्डरमा  एएआर कर्पोरेसनले एउटा विमानको १० करोड ४८ लाख अमेरिकी डलरको दरमा दुईवटा विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो ।
निगमले यसअघि १० अर्ब रुपैयाा पठाइसकेको छ भने बाकी रकम जहाज आउनुभन्दा एक हप्ता अगाडिमात्र पठाउने  जानकारी दिएको छ।जहाज आएपछि एयरलाइन्सले जापानको ओसाका, दक्षिण कोरियाको इन्चोन र साउदी अरबको रियादमा उडान गर्ने जनाएको छ ।

 

Comments