News

३३ किलो सुन तस्करी प्रकरणमा आरोपित ६३ जनाविरुद्ध मुद्धा दर्ता

३३ किलो सुन तस्करी प्रकरणमा आरोपित ६३ जनाविरुद्ध  जिल््ला अदालत मोरङमा मुद्वा दर्ता भएको छ । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको हो ।
प्रहरीले अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा  चलाएको हो । मुद्धा दर्ता गरिएका अभियुक्तहरुमा बहालवाला बरिष्ठ प्रहरी उपरिक्षक एसएसपी दिवेश लोहनी, पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्का रहेका छन्  । उनीहरु विरुद्ध संगठित अपराध सम्बन्धी मुद्धा दर्ता भएको छ ।
त्यस्तै विमानस्थलका १३ जना कर्मचारी सहित व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता  गरिएको हो । त्यसैगरी मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरेविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । मुख्य अभियुक्त चूडामणि उप्रेती सहित फरार अभियुक्तहरु विरुद्ध पनि मुद्धा दर्ता गरिएको छ । फरार मुख्य अभियुक्त गोरे भारतमा लुकेर बसेको आशंका प्रहरीले गरेको छ ।

 

Comments