News

वाणिज्य बैंकहरु लगानीको शुनिश्चितता गर्नु पर्ने अर्थमन्त्री खतिवडाको भनाई

अर्थमन्त्री युवराज खतिवडाले वाणिज्य बैंकमा लगानीकर्ताले गरेको लगानीको शुनिश्चतता गरिनु पर्ने  स्पष्ट पारेका छन् ।
सरकारले  जनताको करबाट आएको पैसा वाणिज्य बैंकमा लगानी गरेको  बताउदै वाणिज्य बैंकले लगानीको शुनिश्चतता गर्न आवश्यक रहेको बताएका हुन् । राष्ट्रिय वाणिज्य बैक र  एनआईडीसी बैंकको एकीकृत कारोबारको उद्घाटन गर्दै मन्त्री खतिवडाले वाणिज्य बैंकहरुले नाफामा वृद्धि गर्न आवश्यक रहेको औल्याए ।
उनले  सरकारको ढुकुटीमा पैसा नभएको र थप ८ देखि १० अर्बको दायित्व रहेको बताए । खतिवडाले वित्तीय प्रणालीमा आउने चक्रीय संकट समाधानका लागि वित्तीय क्षेत्र साधै सजग रहन सुझाव दिएका छन्  ।
अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रको विस्तारसँगै सुपरीवेक्षण र अनुगमनको चुनौती पनि थपिएको भन्दै नियमनकारी निकाय त्यसतर्फ  चनाखो हुन  आवश्यक रहेको बताएका छन् । उनले राष्ट्र बैंकभित्र खराव नियतले काम गर्ने पनि रहेको उल्लेख गर्दै  उनले संस्थालाई बदनाम गर्न खोज्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खतिवडाले वित्तीय चक्रमा समस्याहरु बारम्बार आइरहने भएकाले राष्ट्र बैंक सधै मजबुत र चनाखो  रहन जोड दिए ।

 

Comments