News

भेरी बबई डाइभर्सन आयोजनाको छ महिनाभित्र चार किलामिटर सुरुङ निर्माण सम्पन्न

पहिलोपटक  टनेल बोरिङ मेशिन प्रयोग गरेर निर्माण शुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार किलामिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।
हालकै गतिमा आयोजना अगाडि बढेको खण्डमा आगामी छ महिनाभित्र थप चार किलोमिटर सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार  आगामी छ महिनामा ५० प्रतिशत सुरुङ निर्माण हुने आयोजनाले जनाएको  छ । सन्  २०२० सम्म सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक औसत २५ मिटरका दरले सुरुङ निर्माण भइरहेको छ । बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरू गरिएको आयोजना निर्माणले गति लिएको आयोजनाले जनाएको छ ।
अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम उपकरणको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म चार हजार मिटर सुरुङ खनिसकिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरू भएको हो । भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत  उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
आयोजनाको कूल लागत रु १६ अर्ब ४५ करोड रहेको छ । सुरुङ निर्माणका लागिमात्रै रु १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । भेरीको पानीलाई बबई नदीमा खसालेर सिचाइ तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । धनी र गरिबबीचको खाडल नहुने गरी सबैलाई समान अवसर प्रदान गर्ने माओवादी अध्यक्ष प्रचण्डको भनाई ।

 

Comments