News

नौबिसे नागढुंगा सुरुङमार्गको टेण्डर बैशाखभित्रै आव्हान हुने सडक विभागको जानकारी

नौबिसे नागढुंगा सुरुङमार्गको टेण्डर बैशाखभित्रै आव्हान  हुने सडक विभागले जानकारी दिएको छ ।
सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले वैशाख अन्तिम सातासम्म ग्लोवल टेण्डर निकाल््ने गरी काम गरिरहेको  जनाएको छ । महाशाखाका  अनुसार  जापानी सहयोग नियोग जाइकाको सहयोगमा तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमाथि छलफल भैरहेको छ। केही दिनभित्र उक्त जापानीज कन्सल्ट्यान्ट निप्पन इन्जिनियरिङले तयार पारेको डिपिआर माथि छलफल सकेर टेण्डर प्रक्रियामा जाने गरी काम भैरहेको  महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गत कार्तिकमा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको अधिग्रहणका लागि सुचना प्रकाशित भैसकेको छ। थानकोटबाट पूर्वीद्धार बस्नेतछापसम्म पुग्ने पहुाचमार्गका लागि आवश्यक पर्ने थानकोट,बलम्वु,महादेवस्थान,दहचोक लगायतका स्थानको जग्गा अधिग्रहण गर्न लागिएको हो।
जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको यो सुरुङमार्गको डिपिआर पनि जापानकै सहयोगमा तयार पारिएको हो। जापानी निप्पन इन्जिनियरिङले नेपाली कन्सल्टयाण्टसंग मिलेर दुई बर्ष लगाएर  डिपिआर तयार पारेको हो। सुरुङमार्ग नागढुंगा नौविसे सडकखण्ड अन्तर्गत थानकोट नजिकैको बस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटरको हुनेछ । सुरुङमार्गले नागढुंगाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किलोमिटर बाटो छोट्याउने  महाशाखाले जनाएको छ ।  निप्पन इन्जिनियरिङले तयार पारेको रिपोर्ट अनुसार सुरुङमार्ग र पहुँच सडक निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्ने छ। कुल लागतको १६ अर्ब रुपैयाँ जाइकाको सहुलियत ऋण सहयोग र ६ अर्ब रुपैयाँ नेपाल सरकारको लागतमा निर्माण गरिने छ।

 

Comments