News

सरकारले सबै श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था मिलाउने श्रममन्त्री विष्टको घोषणा

सरकारले सबै श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ  ।
श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सबै खालका श्रमिकको तलब बैंक खातामाफर्त भुक्तानी गरिने व्यवस्था मिलाउन लागेको बताएका हुन् । मजदूर दवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै  मन्त्री विष्टले सो घोषणा गरेका हुन् । मन्त्री विष्टले  तोकिएको र र सम्झौता बमोजिम पनि कामदारलाई पारिश्रमिक नदिने रोजगारदाताहरुलाई नियममा ल्याउन यस्तो व्यवस्था गर्न लागेका हुन् ।
मन्त्री विष्टले न्युनतम  पारिश्रमिक लागू हुने र कागजमा मात्रै धेरै तलव देखाउने तर, नदिने प्रवृत्ति अन्त्य गर्न सो व्यवस्था ल्याउन लागेको बताएका छन् । मन्त्री विष्टले श्रमिकको जीवनलाई सुरक्षित बनाउन सरकार प्रतिवद्ध रहेको  बताएका छन् । यसै गरि आगामी साउन १ गते देखि लागू हुने गरि नयाँ पारिश्रमीक तोक्न लागेको मन्त्री विष्टले सो अवसरमा जानकारी दिए । सरकारले मजदुरको न्युनतम तलव १५ हजारभन्दा माथि लैजाने योजना बनाएको  उनले स्पष्ट पारे ।
मन्त्री विष्टले सबै खाले श्रमिकलाई लाई सञ्चय कोषको सुविधा दिन लागेको  जानकारी दिए । उनले वैदेशिक रोजगारमा जाने  कामदारलाई सुरक्षित र मर्यादित बनाउन  सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

 

Comments