News

मित्रराष्ट्रहरुसँग समदुरीका आधारमा सम्बन्ध विस्तार गर्दै अघि बढ्ने परराष्ट्रमन्त्रीको भना

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले मित्रराष्ट्रहरुसँग समदुरीका आधारमा सम्बन्ध विस्तार गर्दै अघि बढ्ने बताएका छन् । स्लोभानियाको अवैतानिक दुतावासको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले  नेपालले  पञ्चशीलका सिद्धान्तका आधारमा एकअर्काको सहअस्तित्वको सम्मान गर्दै अघि बढ्ने बताए । उनले  संविधानको निर्माण पछि मूलुक समृद्धितर्फ  प्रवेश गरेको भन्दै स्लोभानिया  र नेपालबीच अझै   प्रगाढ  सम्बन्ध  हुनु पर्ने औल्याए ।  लामो समयको राजनितिक संक्रमण पछि  नेपालमा स्थायी सरकार  आएको बताउदै  विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै स्लोभानियाका लागि नेपाली अवैतानिक दूत हरिभक्त शर्माले अवैतानिक कार्यलयको स्थापना सँगै दुई देशबीचबको सम्बन्ध अझै  प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले  वाणिज्य तथा व्यापारको क्षेत्रमा समेत दुई देशबीच सहकार्य हुनु पर्ने बताए ।
कार्यक्रममा विभिन्न देशका राजदूत लगायतका स्वदेश तथा विदेशस्थित कुटनितिक नियोगका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

Comments